महायज्ञ उद्घाटन गर्दै मुख्यमन्त्रीले भनेः असल काम गरे धर्म मिल्छ

महायज्ञ उद्घाटन गर्दै मुख्यमन्त्रीले भनेः असल काम गरे धर्म मिल्छ

महेन्द्रनगरः प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशे यस क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम थाल्ने बताएका छन् ।

आइतवार कञ्चनपुरको बेदकोट–४ बैतडामा शुरु भएको श्रीमद् भागवत धार्मिक महायज्ञको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘हाम्रो प्रदेश पर्यटकीय हिसाबले निकै भरिपूर्ण छ’ उनले भने, ‘अब पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिएर यस प्रदेशलाई आर्थिकरुपमा सबल बनाइने छ’ । उनले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विस्तार र विकासका लागि आवश्यक योजना ल्याउने बताए ।

‘यहाँका पर्यटकीय क्षेत्रहरुलाई प्राथमिकतामा राखेर पर्यटक ल्याउने वातावरण बनाइन्छ’, उनले भने,‘ निजीक्षेत्रको समेत त्यसमा सक्रियता हुनुपर्छ’ । मुख्यमन्त्री भट्टले प्रदेश नम्बर ७ को धार्मिक पर्यटन समेत मुख्य आधार भएको भन्दै यस क्षेत्रका विभिन्न धार्मिक क्षेत्रको संरक्षण आर्थिक विकास गर्नुपर्ने बताए ।

‘पर्यटकीयस्थलसम्म सडक विस्तार नभएले यस क्षेत्रका पर्यटकीयस्थल ओझेलमा परेका छन्’ मुख्यमन्त्री भट्टले भने, ‘अब विकाससमेत सँगसँगै लानुपर्छ’ । उनले तराई, पहाड र हिमाल जोड्ने मार्ग विस्तारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए ।

दिपायल–खुटिया र दैजी–जोगबुढा सडक विस्तारका लागि प्रदेश सरकारले संघीय सरकारलाई घचघच्याउने उनको भनाई छ ।

महायज्ञ उद्घाटनमा उनले मानिसले असल सामाजिक कर्म गर्न सके स्वतः धर्म प्राप्ति हुने बताए । धार्मिक परम्पराका नाममा कसैलाई अन्याय र हानी पुग्ने काम कसैबाट हुन नहुने उनको भनाई छ ।

फोटो क्याप्सन ः श्रीमत भागवत धार्मिक महायज्ञको उद्घाटनमा सहभागी मुख्यमन्त्री सहितका अतिथीहरु ।
तस्बीर ः अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.