व्यापारीलाई आश्वस्त पार्दै गृहमन्त्री

व्यापारीलाई आश्वस्त पार्दै गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच लगानी गर्न व्यवसायीलाई आग्रह गरेका हुन् । गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे त्यसको तत्काल सूचना दिन पनि व्यवसायीलाई भनेका छन् ।

छलफलमा गृहमन्त्री थापाले भने, ‘कस-कसले चन्दा माग्छन् मलाई सूचना दिनुहोस् । गृह मन्त्रालयले त्यस्ता व्यक्तिमाथि तत्काल कारबाही गर्छ ।’ उनले अहिले लोडसेडिङ पनि नभएको र सुरक्षाको प्रत्याभूतिसमेत भएको हुँदा लगानीको पूर्ण वातावरण भएको बताए । गृहमन्त्री थापाले कामको सिलसिलामा घुस माग्ने कर्मचारी र दुःख दिने सुरक्षाकर्मीमाथि आफूले कडा कारबाही गर्ने बताए ।

उनले कर छल्नेहरूको सूचना दिनसमेत व्यवसायीलाई आग्रह गरे । ‘को-को छन् कर छल्ने मलाई सूचना दिनुहोस्, गृहमन्त्री थापाले भने, ‘घुस माग्ने कर्मचारी र अनावश्यक दुःख दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न कुनै कसर बाँकी राखिने छैन ।’ भेटमा चेम्बरका प्रतिनिधिहरूले कालोबजारी ऐन र उपभोक्ता ऐन धेरै पुरानो भएकाले समयानुकूल परिमार्जन गर्नुपर्ने माग गरेको गृहमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.