‘सुवर्णलताको चिरफार

‘सुवर्णलताको चिरफार

काठमाडौं : मालिका केशरीको उपन्यास सुवर्णलतामाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने, प्रा. डा. रामप्रसाद ज्ञवाली र राम लोहनीले कृतिका बारेमा आफ्नो धारणा राखेका थिए।  कृतिबारे बोल्दै न्यौपानेले भने, ‘पछिल्लो समय नेपाली उपान्यास लेखनमा धेरैको कलम चलेको छ ।

उपन्यासको भीडमा सुवर्णलता छुट्टै पहिचानका साथ उभिएको छ । उपन्यास लामो भएकाले केही बोझिलो लाग्न सक्छ । लेखकले यसमा दुईवटा कथा जोडेका छन् । एउटामा वर्तमान जीवनको चर्चा छ भने अर्को बुद्धकालीन समय छ ।’ उपन्यास लामो भए पनि गहन भावले पाठकलाई आकर्षण गर्न सफल भएको उनले बताए ।

बुद्धसँगको वार्तालापमा सरल भाषा प्रयोग गरिएका कारण बुद्धवाणी बुझ्न सहज रहेको उनले चर्चा गरे । रामप्रसाद ज्ञवालीले ‘सुवर्णलता’ले पाठकलाई सुरुदेखि अन्त्यसम्म कौतुहलतामा राख्न सफल रहेको बताए । लेखकले प्रेमसँगै ग्रामीण र सहरी परिवेशका पात्रलाई बौद्धिक तवरले प्रस्तुत गरेको उल्लेख गरे । सामान्य भाषामा बौद्धधर्मको चर्चा भएकाले बौद्ध दर्शनप्रति जिज्ञासु पाठकलाई उपन्यासले उत्सुक बनाउने उनको धारणा थियो ।


राम लोहनीले भने, ‘उपन्यासले फरक विषय वस्तु उठाएको छ । पाठक जुन कथामा प्रवाहित भइरहेको हुन्छ, उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा विचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार ।’ उपन्यासमा बुद्ध जीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नायिकाको वार्तालाप र प्रेम प्रस्ताव अत्यन्त मार्मिक छ ।

भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने विश्वास उनले व्यक्त गरे ।
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ ऊर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताएका छन् ।

आफ्नो प्रयासलाई पाठकले मन पराएकै कारण बजारमा आएको छोटो समयमै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे । सुवर्णलता उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.