एएफसी एसियन कप छनोट: यमनसँग २-१ ले हार्यो नेपाल

एएफसी एसियन कप छनोट: यमनसँग २-१ ले हार्यो नेपाल

काठमाडौँ: एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तरगत कतारको दोहामा भएको खेलमा नेपाललाई यमले २-१ ले पराजित गरेको छ । यमनसँग भएको खेलमा २-१ ले नतिजा सुम्पदै नेपालले घरको बाटो समातेको हो ।

नेपाल रहेको समूहबाट फिलिपिन्स र यमन एएफसी एसियन कपका लागि छनोट भएका छन् । नेपाल र ताजिकिस्तान छनोट चरणबाटै बाहिरिएका छन् ।

नेपाललाई पराजित गर्ने क्रममा यमनका लागि खेलको २३ औँ मिनेटमा अब्दुल वासियालाई पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ४५ औँ मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएए ।

तर खेलको ८३ ‌औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनका लागि अब्दुल वासियाले अग्रता दोब्बर बनाए । नेपालका विराज महर्जनले फल खेलेपछि यमनले पाएको पेनाल्टीलाई वासयियाले गोल गरेका थिए ।

यो गोलपछि दुवै देशबाट स्कोर भएन । यमनले नेपलाइई दुई गोलले हराउँदै एफएफसी एसियन कपमा पुग्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.