बलात्कारको पीडाले युवतीले विष खाइन्

बलात्कारको पीडाले युवतीले विष खाइन्

काठमाडौं : तिलगंगामा एक युवतीले आफूमाथि भएको बलात्कार अपराध सहन नसकेर विष सेवन गरेको रहस्य खुलेको छ। प्रहरीले उक्त प्रकरणमा आरोपी धनुषा धनौजीका सुधीरकुमार कापरलाई पक्राउ गरेको छ।

आइतबार अपराह्न तिलगंगाकै न्यू सिरहाली गेस्टहाउसमा ती युवती विष सेवनपछि अचेत अवस्थामा फेला परेकी थिइन्। ती युवतीले आफूमाथि बलात्कार भएको र आरोपीको नाम जानकारी गराएपछि प्रहरीले कापरलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले गेस्ट हाउसमा बसेका कापरले बलात्कार गरेको बयान दिएकी थिइन्। जबर्जस्ती करणीको पीडा सहन नसकेर आफूले विष सेवन गर्नुपरेको उजुरी युवतीले महानगरीय प्रहरी वृत्त गौशालामा दिएकी छन्। गौशाला वृत्तले धनुषा प्रहरीको समन्वयमा कापरलाई धनौजीबाट पक्राउ गरेको हो।

परिसर प्रमुख पोखरेलका अनुसार फागुनमा मात्रै राजधानीमा बलात्कारका २६ वटा उजुरी प्रहरीमा दर्ता भएका छन्। प्रहरीले २६ जनालाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाएको छ।

यसैबीच, प्रहरीले युवतीलाई यौन पेसामा लगाउन खोजेको आरोपमा महोत्तरी खैरमाराका भक्तबहादुर बुर्जामगरलाई पक्राउ गरेको छ। केशरमहल र सञ्चयकोष भवनवरिपरि बसेर यौन व्यापारका विषयमा कुरा गरिरहेका बेला प्रहरीले बुर्जामगरलाई पक्राउ गरेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.