आँखाको ‘खस्रे रोग’ उन्मूलनको चरणमा

आँखाको ‘खस्रे रोग’ उन्मूलनको चरणमा

 

काठमाडौं/नेपालगन्ज : आँखामा लाग्ने खस्रे रोग (ट्रकोमा ) उन्मूलन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसै वर्ष नेपाललाई ट्रकोमा मुक्त मुलुकको घोषणा गर्न तयारीस्वरूप सरकारले विश्व स्वास्थ्य संगठनमा आवश्यक ‘डकुमेन्ट’ पेस गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले उन्मूलनको घोषणा गर्न आवश्यक डकुमेन्ट दुई साताअघि नै डब्लुएचओमा पेस गरिएको जानकारी दिए । डब्लुएचओले डकुमेन्टको मूल्यांकन गरी विशेष कार्यक्रम आयोजना गरी ट्रकोमा उन्मूलनको प्रमाणपत्र दिने अपेक्षा गरिएको छ । त्यसपछि औपचारिक रूपमा ट्रकोमा उन्मूलन भएको घोषणा गर्ने तयारी सरकारले गरेको छ ।

हाल नेपालमा ट्रकोमा रोग शून्य दशमलव ५ प्रतिशत रहेको नेपाल नेत्र ज्योति संघले जनाएको छ । सरकारले ट्रकोमा रोग निवारण गर्न सन् २००२ देखि नेत्रज्योति संघसँग मिलेर विभिन्न कार्यक्रम गर्दै आएको थियो । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष प्राडा तीर्थराज मि श्रले सन् २०१८ मा ट्रकोमा मुक्त मुलुकका रूपमा घोषणा गरिने आशा व्यक्त गरे ।

अन्धोपनको दोस्रो प्रमुख कारणमा ट्रकोमा रोगलाई लिइएको छ । पहिलो भने मोतीविन्दु रहेको छ । अन्धोपन भएका व्यक्तिमध्ये २ दशमलव ४ प्रतिशतलाई ट्रकोमा भएको पाइएको थियो । अहिले ट्रकोमा भएका व्यक्ति १ प्रतिशतभन्दा कम छन् । संघले गरेको एक सर्वेक्षणअनुसार ७२ प्रतिशत अन्धोपना मोतीविन्दुका कारण भएको पाइएको छ ।

जनचेतना र आँखा अस्पतालबाट सहज सेवा प्रवाह भएका कारण ट्रकोमा उन्मूलन गर्न सफल भएको हो । संघका कार्यक्रम संयोजक हुकुमप्रसाद पोखरेलले भने, ‘यसको प्रकोप दुर्गम क्षेत्रमा निकै थियो । अहिले निराकरण भएको छ ।’ जनस्वास्थ्यका लागि समस्याका रूपमा ट्रकोमा रोग नरहेको संघको ट्रकोमा रोग कार्यक्रमका फोकल पर्सन शेखर शर्माले बताए । उन्मूलनको अन्तिम चरणमा पुगे पनि व्यक्तिगत सरसफाइमा हातमुख र आँखा दैनिक सफा पानीले धुने बानी नबसेसम्म चुनौती सामना गरिरहनुपर्ने फोकल पर्सन शर्माले बताए ।

रोग बल्झिने खतरा :

नेपालगन्जमा आयोजित एक कार्यक्रममा आँखा रोग विशेषज्ञ एवं स्वास्थ्यकर्मीैले ट्रकोमा पुनः बल्झन नदिन सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेत्रज्योति संघका उपाध्यक्ष चक्रबहादुर सिंहले हातमुख सफा नगरी आँखा छुँदा यसको संक्रमण बढ्ने बताए । उनले लागू भएका सरसफाइका कार्यक्रममा आँखाको स्वास्थ्यलाई पनि समावेश गर्नुपर्ने बताए । ‘अहिलेको तथ्यांक हेरेर घोषणा गरौंला तर भोलि फेरि सचेतना अभावमा रोग बल्झिने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्यका हातमुख धुने कार्यक्रममा आँखा सफाइको पनि समावेश गर्नुपर्छ ।’ उनले सरोकारवाला पक्षबीच समन्वय भए मात्र उन्मूलन अभियान सार्थक हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.