ट्यांकर दुर्घटनामा दुईजनाको मृत्यु, तीन गम्भीर घाइते

ट्यांकर दुर्घटनामा दुईजनाको मृत्यु, तीन गम्भीर घाइते

गाईघाट : उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ११ गहुँबारीमा बुधबार बिहान तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।

सिद्धिचरण राजमार्गअन्तर्गतको कटारी–घुर्मी सडकखण्डको गहुँवारीमा ना६ख ३२३१ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा चालक बारा जिल्ला अम्लेसगञ्ज ४ का २३ वर्षीय पूर्णप्रसाद खनाल र मकवानपुर जिल्ला नामाटारका ३१ वर्षीय सरोज मोक्तानको ज्यान गएको हो।

दुर्घटनामा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बारानिजगढका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखाचरिकोटका २५ वर्षीय सुजन गोले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए।

घाइते सबैलाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ। कटारीबाट घुर्मितर्फ जाँदै गरेको ट्याकंर बिहान २ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट १ हजार मिटर तल खसेको एसपी भट्टले जानकारी दिए।

घटनास्थल इलाका प्रहरी कार्यालयबाट २६ किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ। दुर्घटना लगत्तै इप्रका कटारीका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीको नेतृत्वमा खटिएको ११ जनाको टोलीले घाइतेको उद्धार गरेको प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.