बस दुर्घटनामा सहचालकको मृत्यु, १० घाइते

बस दुर्घटनामा सहचालकको मृत्यु, १० घाइते

काठमाडौं : पोखराबाट नारायणगढ जाँदै गरेको यात्रुबाहक बस पोखरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएको डाँडाकोनाक प्रहरी चौकीले जनाएको छ।

ना ५ ख ३४१ नम्बरको बस बुधबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ स्थित लामेआहलमा बिहान ८ बजे सडकमा पल्टिएको थियो।

बसका सहचालक लमजुङ जिल्ला धमेलीकुवाका ४० वर्षीय सुजन गुरुङको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते १० जनाको क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.