७० हजार रकमसहित १३ जना जुवाडे पक्राउ
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको कल्याणपुरमा तास खेल्ने क्रममा प्रहरीले ठूलो रकमसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई प्रहरीले कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ।
विदुर नगरपालिका वडा नं. १३ देउडीमा स्थानीय रत्नबहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा ६९ हजार ६ सय ३५ रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पक्राउ परेका १३ जनालाई जुवा ऐन २०२० अनुसार कारबाहीको माग गर्दै बुधबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले बताए।