किशोरीको हत्या आरोपमा प्रहरी पक्राउ

किशोरीको हत्या आरोपमा प्रहरी पक्राउ

सुर्खेत : किशोरी हत्या आशंकामा सुर्खेतमा एकजना प्रहरी पक्राउ परेका छन्। जिल्लाको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा मंगलवार एसईई परीक्षा दिन आएकी विद्यार्थी मृत फेला परेकी थिइन्।

उनको हत्यामा सम्लग्न रहेको शंकामा प्रहरीले अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

पञ्चपुरी नगरपालिकास्थित चौर घर भएकी १८ वर्षिया गोरीकला रोकाय एसईई परीक्षा दिनका लागि बाबियाचौरमा डेरा लिएर बस्दै आएकी थिइन्। मंगलवार उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो। उनको डेरा बाहिर नै हत्या गरेर कोठामा छोडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आशंकामा पञ्चपुरी नगरपालिका–८ का लक्ष्मीप्रसाद बास्तोलालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका बास्तोलाले ट्राफिक प्रहरी कोइरालाको आग्रहमा आफूले गोरीकलालाई भेट गराइदिएको बयान प्रहरीलाई दिएका छन्।

प्रहरीका अनुसार गोरीकला र प्रहरी जवान कोइराला सोमवार दिउँसो डेरा नजिकै रहेको जंगलमा घुम्न गएका थिए। सुर्खेतका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘किशोरीको हत्या भएको देखिन्छ, बाहिर हत्या गरेर कोठामा छोडेको पाइयो।’ यो घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो।

घटनाको अनुसन्धान भइरहको र दोषीलाई कानुनी कारबाही हुने प्रहरीले जनाएको छ। सूर्यप्रकाश मावि पलैटेकी छात्रा रोकायले विद्याज्योति मावि बाबियाचारैबाट एसईई परीक्षा दिइरहेकी थिइन्। सोही क्रममा उनी मंगलवार विहान डेरामै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.