सूर्यविनायकका सबै कार्यालयमा सिसी क्यामरा

सूर्यविनायकका सबै कार्यालयमा सिसी क्यामरा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ । कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्छन्।

प्रत्येक दिन बिहान १०ः१५ बजेभित्र नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारीको हाजिर हरेपछि उनले आँखै अगाडिको सिसी क्यामरा हेर्ने गर्छन् । नगरपालिकादेखि वडा कार्यालयसम्म काम भइरहेको छ कि छैन, सेवाग्राहीको भीड छ कि छैन भन्ने जानकारी पनि उनी सिसी क्यामराबाट लिने गर्छन् ।

नगरपालिकाले प्रत्येक वडा कार्यालय, प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ‘अनलाइन सिस्टम’ जोडेपछि यो कार्य सहज भएको नगरपालिकाका सूचना प्रविधि संयोजक दीपेश खड्काले जानकारी दिए ।


संयोजक खड्काले भने -“नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र नौ वटा विद्यालयमा ‘इ-हाजिरी र सिसी क्यामरा जडान गरेको छ, सबै कार्यालयको नगरपालिकासँग सर्भर जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गएँ प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्नसक्ने गरी प्रविधि जडान गरिएको छ ।”

नगर प्रमुखले हाजिरीदेखि सिसी क्यामरामार्फत आफ्नै कक्षमा बसेर वडा कार्यालयको गतिविधि, सेवाग्राहीको भीड, कर्मचारीको उपस्थिति हेर्ने गरेको बताउँदै उनले मोबाइलमा समेत एप्स राखिएकाले जुनसुकै ठाउँमा बसेर पनि निगरानी गर्नसक्ने व्यवस्था गरिएको बताए ।

नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘इ–विलिङ सिस्टम जडान गरी नगरपालिकामा उठेको राजश्व समेत सिधैँ नगर प्रमुखको कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरिएको खड्काले बताए ।

नगर प्रमुख थापाले आफ्नै कार्यकक्षमा बसेर कर्मचारीको निगरानी गर्ने गरेको बताए । “१०ः१५ बजेसम्म कोको कर्मचारी आएँ, आएनन्, कति बजे कर्मचारी घर गएँ, को को बिदामा छन्, कति राजश्व संकलन भयो, सेवाग्राहीको काम भए भएन निगरानी गर्ने गर्छु ।” १०ः१५ बजेभन्दा ढिलो आउँने कर्मचारीको हाजिरी स्वतः रद्द हुने बताउँदै उनले कर्मचारीले गलत गरे तत्कालै कारबाही गरिने  बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.