चितुवाको छाला र दाँतसहित एक पक्राउ
तुलसीपुर : दाङ प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छाला र दाँतसहित एक जनालाई पक्राउ गरेको छ । प्यूठान नगरपालिका ५ घर भई हाल जिल्ला घोराही उपमहानगरपालिका १७ चौघेरामा डेरा गरी बस्ने बर्ष २० को सुनिल सुनारलाई अवैध दुर्लभ वन्यजन्तु चितुवाको छाला र दाँतसहित प्रहरीले पक्राउ गरेको हो ।
दाङ प्रहरी प्रमुख दुर्गा सिहका अनुसार सुराकीको आधारमा उनी पक्राउ परेका हुन् । दाङ घोराही उपमहानगरपालिका १७ सिस्ने खोलाबाट उनलाई झोलामा दुर्लभ वन्यजन्तु चितुवाको छाला एक थान र दाँत आठ थानसहित प्रहरीले पक्राउ गरेको हो ।
चितुवाको छाला ५ फिट ११ इन्च लम्बाई र ४ फिट ३ इन्च चौडाइरहेको छ । प्रहरीले थप अनुसन्धान भइहरेको बताएको छ ।