स्टिभ स्मिथ र डेभिड वार्नर आईपीएलबाट 'आउट'

स्टिभ स्मिथ र डेभिड वार्नर आईपीएलबाट 'आउट'

नयाँ दिल्ली: बल टेम्परिङ्ग विवादमा स्टिभ स्मिथ र डेभिड वार्नरमाथि अन्तराष्ट्रिय क्रिकेटमा १२ महिनाको प्रतिबन्ध लागेको छ । यो प्रतिबन्धसँगै भारतीय क्रिकेट काउन्सिल (बीसीसीआई) ले पनि ठुलो निर्णय लिएको छ ।

आईपीएलका प्रमुख राजीव शुक्लाले बुधबार स्टिभ स्मिथ र डेभिड वार्नरले आईपीएल २०१८ मा भाग लिन नपाउने घोषणा गरेका छन् ।

आईपीएल प्रमुख शुक्लाले एक विज्ञप्ति निकाल्दै भनेका छन्, 'सबै फ्रेन्चाइजीलाई स्टिभ स्मिथ और डेभिड वार्नरको विकल्पमा खेलाडी खोज्न निर्देशन दिइएको छ । उनीहरु दुवैजना यस सिजन आईपीएलका सदस्य हुने छैनन् ।'

पढ्नुस्: प्रतिष्ठासँगै नतिजा पनि गुमायो अस्ट्रेलियाले

यसका साथै स्टिभ स्मिथ र डेभिड वार्नरले आईपीएलमा खेल्ने कुरालाई लिएर बढेको आशंकाको बादल पनि फाटेको छ।

बुधबारै सनराइजर्स हैदराबादले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै यो सिजन डेभिड वार्नर आफ्नो कप्तान नहुने जनाएको छ । सनराइजर्सले वार्नर स्वयमले कप्तान पदबाट राजीनामा दिइसकेको पनि पुष्टि गरेको छ ।

राजस्थान रोयल्सले यसभन्दा पहिले नै आफ्ना कप्तान स्टिभ स्मिथलाई कप्तानीको पदबाट हटाइदिएको थियो । उनको स्थानमा राजस्थानले भारतीय टिमका ब्याट्म्यान अजिङ्क्ये रहाणेलाई आफ्नो नयाँ कप्तान नियुक्त गरेको छ ।

तर स्मिथबारेमा क्रिकेट अस्ट्रेलिया र आईपीएल गभर्निङ काउन्सिलको अन्तिम निर्णय राजस्थानले कुरेको थियो ।

बल टेम्परिङ्ग विवादमा केही दिनअघि अस्ट्रेलिया क्रिकेट बोर्डका प्रमुख जेम्स सदरल्यान्डले दक्षिण अफ्रिका पुगेर पत्रकार सम्मेलनमार्फत दक्षिण अफ्रिका क्रिकेट बोर्डसँग माफी मागेका थिए । उनले पत्रकार सम्मेलनमै अघिल्लो २४ घण्टामा स्टिभ स्मिथ र डेभिड वार्नरबारे निर्णय लिने बताएका थिए ।

यसभन्दा अघि यो विवादमा अस्ट्रेलियन क्रिकेट बोर्डले स्टिभ स्मिथ र डेभिड वार्नरलाई दक्षिण अफ्रिकाविरुद्धको चौथो टेस्ट म्याचका क्रममा कप्तानी र उपकप्तानीको पदबाट हटाइदिएको थियो ।

अर्कातिर आईसीसीले स्मिथलाई म्याच फिसको सतप्रतिशत र एक खेलमा प्रतिबन्ध लगाएको थियो । जबकि क्यामरन बेनक्राफ्टलाई म्याच फिसको ७५ प्रतिशत र तीन डिम्यारिट पोइन्ट्सको सजाय मिलेको थियो ।

टेम्परिङ्गको विवादपछि बाद बेनक्राफ्टसँगै कप्तान स्मिथले पनि माफी मागेका थिए । माफी माग्दै स्मिथले भनेका थिए, 'मैदानमा भएका सबै गतिविधिबारे हामीलाई जानकारी थियो । हामीले यसबारेमा कुरा गरेर हामीले आफूलाई फाइदा हुने सोचेका थियौँ । मलाई यसमा बिल्कुल पनि गर्व छैन ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.