दिल्ली पुगे सन्दीप, कप्तान गम्भीरले भनेः आईपीएल उसका लागि राम्रो अवसर

दिल्ली पुगे सन्दीप, कप्तान गम्भीरले भनेः आईपीएल उसका लागि राम्रो अवसर

नयाँ दिल्लीः इन्डियन प्रिमियर लिग (आईपीएल) को सिजन ११ मा दिल्ली डेयर डेभिल्सबाट खेल्न नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली पुगेका छन् ।

आउँदो अप्रिल ८ देखि हुने आईपीएलको ११ औँ सिजनका लागि सन्दीप मंगलबार दिल्ली आएका हुन् । सन्दीप बुधबारदेखि क्लबको फोटोसुटमा व्यस्त भएका छन् । उनी क्लबको अभ्यासमा पनि सहभागी भइसकेका छन् ।

अभ्यास सुरु

दिल्लीको बारखम्बास्थित दि ललित होटलमा बसेका सन्दीपले आफ्नो कार्यतालिका व्यस्त रहेको बताए । अन्तर्राष्ट क्रिकेटमा अभ्यस्त भइसकेका सन्दीपले आईपीएललाई आफूले अवसरका रुपमा लिएको उल्लेख गर्दै तनावका रुपमा नलिएको बताए ।

सन्दीप आईपीएलमा छनौट भएसँगै समग्र नेपाली क्रिकेट जगत उत्साहित भएको थियो । नेपाली क्रिकेटका आकर्षण बनेका सन्दीपका प्रशंसक भारतमा पनि बढ्दै गएका छन् ।

आईपीएल सन्दीपका लागि अवसर

आईपीएल अन्तरगत दोस्रो दिन दिल्लीले फिरोज शाह कोट्न स्टेडियममा किङ्स इलाभेन पञ्जाबलाई स्वागत गर्दैछ । ‘मैले उसको खेल प्रत्यक्ष हेरेको छैन, तर आईपीएल सन्दीपका लागि राम्रो अवसर हो’, द ललित होटलमा भेट भएका दिल्लीका कप्तान गौतम गाम्भीरले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.