ब्रायन डी पाल्माका ५ फिल्म
स्कारफेस
अमेरिकन क्राइम सिनेमा हो, स्कारफेस। फिल्मले क्युबाली शरणार्थी टोनी मोन्टामाको कथा भन्छ। टोनी सन् १९८० मा मायामी भन्ने ठाउँमा आउँछ र ऊ त्यहाँ ड्रगको कारोबार गर्न थाल्छ। सन् १९८३ मा रिलिज भएको यो सिनेमा एक लागूऔषध व्यापारीको कथा हो।
क्यारी
सुपर नेचुरल हरर सिनेमा हो, क्यारी। सन् १९७४ मा प्रकाशित स्टेफन किङको ‘क्यारी’ उपन्यासमा आधारित छ यो सिनेमा। क्यारी गोरो, लजालु, धेरै साथी नभएकी एक केटी हुन्छे। स्कुलदेखि घरमै पनि उसलाई धेरैले मन पराउँदैनन्। जिस्क्याउँछन्। फिल्म क्यारीको वरिपरि घुमेको छ।
ड्रेस्ड टु किल
इरोटिक थ्रिलर सिनेमा हो, ड्रेस्ड टु किल। एक ‘हाउसवाइफ’को हत्यारा र एक प्रोस्टिच्युटमा आधारित छ कथा। त्यस्तै, पीडितको टिनेज छोरालाई पनि बेलाबेलामा देख्न पाइन्छ। सन् १९८० मा रिलिज भएको यो सिनेमामा एक प्रोस्टिच्युट हत्याको प्रत्यक्षदर्शी हुन्छ।
मिसन इम्पोसिबल
जासुसी सिनेमा हो, मिसन इम्पोसिबल। मिसन इम्पोसिबल नामकै टेलिभिजन शृंखलामा आधारित छ यो। मुख्य पात्र हन्टको वरिपरि फिल्मको विषयवस्तु तयार भएको छ। हन्टको नेतृत्वको ‘आईएमएफ’को टोली सञ्चालित भएको हुन्छ। सन् १९९६ मा यो सिनेमा रिलिज गरिएको थियो।
प्यासन
इरोटिकम थ्रिलर सिनेमा हो, प्यासन। दुई व्यापारिक म्यानेजर रचेल म्याकअडाम र नुमी रापेसबीच भएको द्वन्द्व फिल्मको मुख्य विषय हो। नयाँ क्याम्पियनका लागि मेनेजरले अर्काे मेनेजरको विचार (आइडिया) चोर्छ। फिल्मको मुख्य कथा पनि यही विषयमा तयार पारिएको छ।