जुरिचको जाडो

जुरिचको जाडो

बर्लिनको मोटल वनमा रातिको बासपछि नेपाली राजदूत महामहिम रमेश खनालको निवासमा दुई रात व्यतित गरेपछि हामी चेक गणराज्यको राजधानी प्राग जाने योजना बनाउँछौं। खनाल दम्पतीसँग राम्ररी बिदावारी लिन पाएको हुँदैनौं, रञ्जित साहद्वारा रिजर्भ गरिएको ट्याक्सी राजदूत निवासअगाडि रोकिन्छ। हामी चिउरा दहीको खाजा खाएर तयार थियौं। त्यसैले, ट्याक्सी लिएर लम्कियौं।

Ramdayal-rakeshट्याक्सी बर्लिनको स्वच्छ र सफासुग्घर सडकमा आफ्नो तीव्र गतिमा स्टेसनतिर दौडिन थाल्यो। सडकमा कहीँ पनि जामको समस्या झेल्नु परेन। बर्लिनभरि कुनै बडेमानको बिल्डिङ पहिला पनि देखिएको थिएन र अहिले पनि देखिएन। बसस्टेसन सकुशल पुगियो। टिकट लिइएको बस रेजियो जेट कम्पनीको रहेछ, ताप नियन्त्रित र दुईतल्ले।

हामी बसेको तल्लो तल्लामा हाम्रो सिटको अगाडि बस कन्डक्टरको सिट रहेछ। ती महिला कन्डक्टर आफ्नो कम्पनीले निर्धारित गरेको औपचारिक पोसाकमा थिइन्। एक घन्टा पछि कफी सर्भ गरिन्। कफी धेरै कडा थियो। तर बसयात्रामा कफी पिउनुको अर्को आनन्द रहेछ। हाम्रो देशमा सञ्चालित बसमा कफी त के चियासमेतको पनि व्यवस्था हुँदैन। त्यहाँको रात्रिबसमा शौचालयको पनि सुविधा रहेछ। यसले गर्दा हामी बसबाट कहीँ ओर्लिने आवश्यकता नै परेन।

चार लेनको बाटो दुईतर्फी भएकोले बसले कही साइड दिनु परेन। बीचबीचमा फराकिलो फाँट देखिन्थ्यो। कहीँकहीँ बालीनाली लगाएको देखिन्थ्यो। चौरमा भेँडाहरू चरिरहेको देखिन्थे। प्राग पुग्दा पाँच घन्टाको बाटोमा एकपल्ट चालक चेन्ज गरिएको देखियो। तर हाम्रो देशमा २२ घन्टाको बसयात्रामा पनि एउटै चालक बस दौडाउने बाध्यता किन छ भन्ने कुरा मैले बुझ्न सकेको छैन। चालक पनि मानिस हो, मेसिन होइन।

प्रागमा हाम्रो होटेल रिजर्भेसन थिएन। रञ्जितले बर्लिनमा भनेको थियो, होटल रिजर्भेसन आवश्यक छैन, बस स्टेसनको नजिकै धेरै होटल छन्। उसको भनाइ त साँचो थियो तर होटल महँगा थिए, हामीलाई सस्तो खालको होटल चाहिएको थियो। दुई घन्टासम्म होटल चहारेर धेरै हण्डर खाएर बल्ल एउटा ठीकैको होटल पाइयो। रातिको १० बजिसकेको थियो, हामीले खाने होटल चहार्न गएनौ। जे जस्तो आफूसँग खाने कुरो थियो, त्यही खाएर वि श्राम गर्‍यौं राति राम्रो निद्रा लाग्यो।

jurich

बिहान उठ्दा त धेरै चिसो महसुस भयो। हामी बाहिर निस्किने आँट गर्न सकेनौं। एकैपल्ट चेक आउट गरेर, झोला बस स्टेसनको लकरमा राखेर प्राग सहर घुम्न गयौं। यहाँ रात्रि बसको अनुभव कम रमाइलो भएन। हामीले स्विट्जरल्यान्डको जुरिच जाने एक्कासि निधो गर्‍यौं। त्यहाँ पनि होटल रिजर्भेसन गरिएको थिएन। किनभने जुरिच जाने कार्यक्रम तालिकामा राखेका थियौं तर निर्णय चाहिँ गरेका थिएनौं।

बस स्टेसनका कर्मचारीले एम्सटाडर्नको बस टिकटको रेट ह्वात्तै बढाए। अर्को टिकट चेन्ज गर्दा तुरुन्तै पैसा फिर्ता नदिने भएकाले हामी बसमै जुरिच जान बाध्य भयौं।

दीपावलीको राति ८ बजे टिकटको टाइमअनुसार रञ्जितको एपार्टमेन्टबाट जुरिच जान ट्याक्सीमा बस स्टेसन हिड्यौं। बसको टिकट दिउँसो नै बुकिङ भइसकेको थियो। प्रस्थान गर्ने बेलासम्म म असमञ्जसमा नै थिएँ। किनभने बर्लिनदेखि जुरिचको बसयात्रा १२ घन्टाको थियो। रात्रिबसको यात्रा मलाई सुट गर्दैन। बस स्टेसनमा गएर जुरिचको सट्टा एम्सटाइम जान टिकट चेन्ज गराउने उद्देश्यले हिड्यौं तर बस स्टेसनका कर्मचारीले एम्सटाडर्नको बस टिकटको रेट ह्वात्तै बढाए। अर्को टिकट चेन्ज गर्दा तुरुन्तै पैसा फिर्ता नदिने भएकाले हामी बसमै जुरिच जान बाध्य भयौं।

स्विट्जरल्यान्ड मेरो सपनाको देश। यहाँ आउने धेरै तमन्ना थियो, बल्ल जुर्दै थियो। बेलुका ८ बजे फ्लिक्स कम्पनीको बस आफ्नो निर्धारित गेट सामुन्ने आइपुग्यो। हाम्रो पासपोर्ट र टिकट हेरियो। मालसमान ट्यागसहित डिक्कीमा राखियो। सुखद संयोग के थियो भने बसमा केही सिट खाली थियो, म खाली सिटमा गएर आफ्नो आसन जमाइहालेँ। सुत्ने कोसिस गरेँ तर जाडोले सकिएन। बसमा ओढ्ने व्यवस्था पनि थिएन। जाडो यामको १२ घन्टाको बसयात्रा, त्यसमा पनि रातिको यात्रा, सुखद अनुभव हुने कुरै भएन।

बसमा कफीको व्यवस्था पनि थिएन। लाइट पनि अफ गरिएको थियो। मलाई उकुसमुकुस भयो तर केही उपाय थिएन। १२ घन्टाको यात्रामा तीन चार ठाउँमा चालक चेन्ज भए होलान्। किनभने चालक चेन्ज हुने ठाउँमा मात्र बस रोकिन्थ्यो। बस रोकिने ठाउँमा केही यात्रुहरू ओर्लेर चुरोट पिउन थाल्थे। स्विट्जरल्यान्डको सिमाना पुग्दा केही प्रहरी बसमा छिरे। हामी दुई जनाको पासपोर्ट नै लिएर गए। केहीबेर पछि पासपोर्ट फिर्ता दिँदै ‘तिमीहरूको भिसा त २५ तारिखसम्म मात्र रहेछ नि’, भने। हामीले समय सीमाभित्रै फर्किने बतायौं।

जुरिच पुग्दा बिहान भइसकेको थियो। त्यहाँको हरियो-भरियो दृश्यावली रमणीय लागिराखेको थियो। जुरिचले प्रागजस्तो जिउ नै सिरिङ पार्ने खालको जाडोको अनुभूति दिइराखेको थिएन। राति ८ बजे बर्लिनबाट हिँडेको बस बिहान ८ बजे नै जुरिचको बसस्टेसनमा रोकियो। दीपावलीको रातभरि जाग्राम बस्ने मानिस लक्ष्मीको कृपापात्र हुन्छ भनेर पूर्वीय शास्त्रहरूमा उल्लेख गरिएको सुनेको थिएँ। तर, म रातभरि नसुतेर पनि लक्ष्मीको कृपापात्र हुन सकिनँ।

किनभने जुरिच पुग्नासाथ होटल नपाएर हन्डर खाइराखेको थिएँ। होटलको रेट सुनेर रिंगटा लाग्न थाल्यो। तीन घन्टा हन्डर खाएपछि बर्लिनबाट रञ्जितले एउटा एबिस होटलको ठेगाना पठायो कि त्यो होटलमा कोठा खाली छ भनेर। हामी ट्याक्सी लिएर सोही होटलतिर लम्कियौं।

होटलको कम्पाउन्डमा पुग्दा त्यहाँ फिल्मको सुटिङ भइराखेको थियो। क्यामरा बोक्ने केटी काली थिइन्। मैले सोधेँ, ‘के यहाँ कुनै हिन्दी फिल्मको सुटिङ भइराखेको छ ? ’ उनले नकारात्मक उत्तर दिइन्। धेरै थाकेको हुनाले हामी सोझै रिसेप्सनमा पुग्यौं। होटल बुकिङ नगर्नुको कुनै विकल्प थिएन। किनभने लन्च आवर पनि सकिसकेको थियो। काउन्टरबाट ७७ युरोको बुकिङ रिसिप्ट पाएपछि बल्ल थाहा भयो, होटल कति महँगो रहेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.