हामी बिर्सिन्छौं
हामी बिर्सिन्छौं बल्लभ, चट्टसँग कटुवाल
हामी बिर्सिन्छौं भूपि अनि बिर्सिन्छौं हमाल
बितिसकेपछि घडी, बितेपछि ती प्रिय राई
कोकोहलो गर्छौं हामी, यही हाम्रो कमाल।
बिर्सि बिर्सि भानुलाई बिर्सिजान्छौं पौड्याल
बिर्सेकै त हौं नि हाम्ले सहजैसँग ढुङयाल
बितिसकेपछि घडी, बितेपछि ती प्रिय राई
कोकोहलो गर्छौं हामी, यही हाम्रो कमाल।
कि बिर्सेनौं लामिछाने, कि बिर्सेनौं बराल
नबिर्सेको कहाँ हो र विकललाई बबाल
बितिसकेपछि घडी, बितेपछि ती प्रिय राई
कोकोहलो गर्छौं हामी, यही हाम्रो कमाल।
बिर्सेकै हौं हामीले सम, पारिजात र अर्याल
बिनै करले बिर्सेकै हो शशी, भिक्षु, रिमाल
बितिसकेपछि घडी, बितेपछि ती प्रिय राई
कोकोहोलो गर्छौं हामी, यही हाम्रो कमाल।
बिर्सिजान्छौं कुनै दिन राजव, विमल, ढकाल
माथि हाँस्ला वर्तमान ठटाई ठटाई थाल
बितिसकेपछि घडी, बितेपछि ती प्रिय राई
कोकोहोलो गर्छौं हामी, यही हाम्रो कमाल।