प्रतिज्ञा
यतिबेला
खडेरी परेको मस्तिष्कमा
विचारका बिउहरू उम्रन सकेका छैनन् हिमपहिरो झैं स्खलित हँदै गएका छन्- स्मृतिहरू
असामयिक बनिरहेको छ समय
यस्तो विकराल स्थितिमा म कसरी भनुँ कविता ? जबसम्म म अपूर्ण छु
कसरी लेखुँ मैले पूर्ण कविता ? जति मागे पनि
चैतमा रूखले हरिया पात दिनै सक्दैन
आज म पनि तिमीलाई कविता दिनै सक्दिनँयो असमर्थता तिमीले स्वीकार गर
जसरी हरेक रात स्वीकार गर्छ धरतीले- सूर्यको अनुपस्थिति
जसरी भूकम्पमा हल्लिरहेको पृथ्वीलाई- थाम्न खोजिरहन्छ प्रकृतिम लाचार सरकार जस्तो होइन
जसले संकटकालमा जनता तर्साउँछ
र संकटकाल घोषणा गर्छ
म रित्तिसकेको अर्थ भण्डार पनि होइनम देशको एउटा कवि हुँ
समाजको कुरूप यथार्थको कविता लेख्छु
बेमौसममा म फुल्न सकेको छैन
मेरो कविताहरू अंकुराउन सकिरहेका छैनन् प्रतिकूल समयले बाटो छेकेको बेला
विचारका बिउहरू उम्रन सकेका छैनन् तर पनि म कविता लेख्ने अटुट प्रयासमा छुप्रतीक्षा गर-
एकदिन म पूर्ण हुनेछु
मेरो कविता पूर्ण हुनेछ
त्यसदिन म तिमीलाई आफैं कविता सुनाउनेछु
विश्वास गर
त्यतिन्जेल-
म यो देश छाडेर कतै जाने छैन।