बालबालिकाका लागि ‘नयाँ वर्षको उपहार’ सार्वजनिक
काठमाडौं : बालकथा संग्रह ‘नयाँ बर्षको उपहार’ शनिबार सार्वजनिक भएको छ । काठमाडौंको नयाँ बजारस्थित अक्सफोर्ड उच्च माध्यामिक विद्यालयको सभाहलमा आयोजित विशेष कार्यक्रममामा कौशिला रिसालद्धारा लिखित बालकथा संग्रह ‘नयाँ वर्षको उपहार’ सार्वजनिक भएको हो ।
पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवी, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, प्रगतिशील लेखक संघकी उपाध्यक्ष डा. बिन्दु शर्मा, प्रलेसका उपाध्यक्ष रामप्रकाश पुरी, साहित्यकार मदनराज थापा लगायतले बालकथा संग्रह संयुक्त रुपमा विमोचन गरे।
पुस्तकको समीक्षा गर्दै प्रा.डा. शर्माले फरक–फरक पात्र र सन्दर्भ जोडेर बालबालिकाले बुझ्ने गरी तयार पारिएको संग्रहले बालबालिकाको पठन संस्कृति विकास गर्नमा सहयोग पुग्ने बताए । यस्तै पुस्तकको समीक्षा गर्दै डा. शर्माले समाजका यथार्थपरक घटनालाई टिपेर कथात्मक रुप दिइएकाले बालबालिकालाई समाज वुझाउन पुस्तककले सहयोग गर्ने बताइन् ।
पुस्तक विमोचन कार्यक्रममा तीन दर्जन बढी कविले रचना वाचन गरेका थिए । ‘नयाँ बर्षको उपहार’ बाल कथासंग्रह रिसालको पहिलो कृति हो ।