रोनाल्डो चम्किएपछि रियलको सहज जित

रोनाल्डो चम्किएपछि रियलको सहज जित

काठमाडौं : युरोपियन च्यापियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तरगत पहिलो लेगमा इटालियन क्लब युभेन्टसलाई उसकै मैदानमा ३-० ले पराजित गरी सेमिफाइलन प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

रियल मड्रिडलाई जित दिलाउने क्रममा क्रिटियानो रोनाल्डोले २ गोल र मार्सेलोले १ गोल गरे । खेलको तस्रो मिनेटमै रोनाल्डोले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा टुंगिएकोमा ६४ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर बनाए । डिफेन्डर मार्सेलोले ७२ औं मिनेटमा गोल गरेका थिए । रियलका अर्का मुख्य स्ट्राइकर बेल भने खेलेका थिएनन् ।

ronaldo_5

६६ औं मिनेटमा युभेन्टसका पाउलो डिबाला दोहोरो पहेँलो कार्ड खादै मैदान छोड्न बाध्य भए पछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।
अर्को लेग अब ११ अप्रिलमा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ ।

स्पेनिस ला लिगामा उपाधि होडमा निकै पछि रहेको र कोपा डेल रेबाट बाहिरिएको रियल मड्रिडको यस सिजनमो मुख्य लक्ष च्याम्पियन लिग नै रहेको छ।

च्याम्पियन लिगकै मंगलबारको अर्काे खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस क्लब सेभिल्लालाई २-१ ले पराजित गर्‍यो । अर्काे स्पेनिस पावरहास बार्सिलोनाले च्याम्पियन लिगमा आज राति इटालियन क्लब रोमाको सामना गर्दैछ । आजैको अर्काे खेलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल भिड्दैछन ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.