पूर्व सांसद जागृत भेटवालको निधन
काठामाडौं : एमाले नेता एवं पूर्व सांसद जागृतप्रसाद भेटवालको निधन भएको छ। भेटवाल एमालेको केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य थिए।
क्यान्सर पीडित भेटवालको उपचारका क्रममा बुधबार बिहान वीर अस्पतालमा निधन भएको एमाले केन्द्रीय खेलकुद विभागका सचिव दामोदर अर्यालले जानकारी दिए।
२०४३ को निर्वाचनमा चितवनबाट जनपक्षीय तर्फबाट उनी विजयी भएका थिए। राष्ट्रिय पञ्चायतमा विजयी भएका उनीसहित पद्मरत्न तुलाधर, झापाका दोर्णाचार्य क्षेत्री, इलामका नोबेलकेमी राई र कास्कीका सोमनाथ अधिकारी प्यासीले राष्ट्रिय पञ्चायतमै रहेर पञ्चायत विरोधी अभियान सञ्चालन गरेका थिए।
२०४८ सालको आमनिर्वाचनमा विजयी भएका उजी ५६ मा भने पराजित भए।
भेटवाल लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए।
चितवन स्थायी बसोबास भएका भेटवालका श्रीमती, दुई छोरी र एक छोरा छन्।