पर्यटन मन्त्रालयका उप-सचिव मृत अवस्थामा फेला
भैरहवा : पाँच नम्बर प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्रालयका उप-सचिव विष्णुहरी आचार्य मृत अवस्थामा फेला परेका छन्।मृतक अर्यालले 'सुसाईड नोट' लेखेर भैरहवास्थित सरकारी निवासमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
उनी भैरहवास्थित घरेलु तथा साना उद्योग कार्यालयको भवनमा बस्दै आएका थिए। उनी कोठामा पंखा भुण्डाउने फलामको कुण्डीमा प्लाष्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा फेला पारेका हुन्।
चितवन जिल्ला भरतपुर महानगरपालिका ११ जार्गिती चोकका अर्याल करिब १५ दिनदेखि भैरहवा सरकारी निवासमा बस्दै आएका थिए।मंगलबार दिउँसो २ बजेतिर बिरामी छु भन्दै कार्यालयबाट निवासमा आएका आचार्य एक्लै कोठामा बसेका थिए । सँगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए।