ताप्लेजुङमा बढ्दै बलात्कारका घटना

ताप्लेजुङमा बढ्दै बलात्कारका घटना

फुङलिङ : ताप्लेजुङमा जघन्य अपराध मानिने जबरजस्ती करणीका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा मात्रै ताप्लेजुङमा ३३ जना महिला तथा बालिका जबरजस्ती करणीको सिकार बनेको तथ्याङ्कले देखाएको छ।

आर्थिक बर्ष २०७२/०७३ मा १३ र गत आ.वमा १० जजकका घटना सार्वजनिक भएका छन्। चालू आ.वको नौ महिनामै १० वटा घटना दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र वहादुर वस्नेतले बताए।

पछिल्लो दुई हप्तामा एक १२ वर्षीयासहित २ जना महिला बलात्कृत भएको सार्वजनिक भएको छ। बस्नेतका अनुसार सो अवधिमा १० वर्षभन्दा कम उमेरकै ४ जना बालिका बलात्कारको सिकार बनेका छन्। '१० जना १० देखि १६ वर्ष सम्मका, ६ जना १६ देखि २० वर्ष सम्मका र २० वर्ष देखि माथिका १३ जनाको उजुरी दर्ता भएको छ,' उनले भने।

जबरजस्ती करणीजन्य अपराधका घटना बढ्नुको मुख्य कारण सूचना प्रविधिको दुरुपयोग रहेको प्रहरीको ठहर छ। ‘बढ्दो सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगकै कारण बढी घटना घटेको पाइयो,' बस्नेतले भने, ‘यसका साथै लोभलाच, गरिबी, करकाप, अशिक्षा, सामाजिक सुरक्षाको अभाव, अधिक मात्रामा मदिरा तथा लागूपदार्थ सेवनका कारण घटना हुने गरेका छन्।'बलात्कारका घटना बढ्दै गएपछि प्रहरीले तीन महिनासम्म यसको नियन्त्रणका लागि अभियान समेत थालेको छ। ‘तीन महिनासम्म जिल्लाका विभिन्न ठाउँहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्,' बस्नेतले भने।

सञ्चार माध्ययमबाट सूचना प्रकाशन/प्रशारण र विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने उनले बताए। अभियानको मंगलबार जिल्लास्तरिय सरोकारवासँगको अन्तरक्रियासँगै सुरुवात गरिएको छ।

अन्तरक्रियामा जिल्ला समन्यस समिति प्रमुख धनेन्द्र मादने, जिल्ला न्यायाधीश कृपासुर कार्की, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, संघीय प्रहरी कार्यालय चन्द्रगढीका प्रमुख पिताम्बर अधिकारीलगायतको सहभागिता थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.