घुससहित लेखापाल पक्राउ
काठमाडौं : सिरहास्थित कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोग इटहरीको टोलीले लेखापाल चौधरीलाई सेवाग्राहीबाट २० हजार नगदसहित पक्राउ गरेको हो ।
चौधरीलाई समान मर्मत लगायत बील भुक्तानी गरिदिए वापत घुस लिदै गरेको अवस्थामा डेराबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । उक्त प्रकरणमा कार्यालय प्रमुख बासुदेव यादवको समेत संलग्नता पाइएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।