बल्लु पौडेल हत्याका प्रमुख सूटर पोखराबाट पक्राउ
भैरहवा: रुपन्देहीको देवदहका व्यापारी बसन्त पौडेल‘बल्लु’ को हत्याका प्रमुख सूटर सुवास गुरुङ पक्राउ परेका छन् । पोखरा उपमहानगरपालिका – १० रामबजार निवासी सुटर गुरुङलाई पोखराबाटै पक्राउ गरिएको रुपन्देहीका प्रहरी नायब निरीक्षक (डीएसपी) डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
गुरुङलाई बुटवलमा पत्रकार सम्मेलन गरेर बुधबार नै सार्वजनकि उनले बताए । हत्याका मुख्य योजनाकार मनोज पुनको निर्देशनमा गुरुङले आफ्नै फर्निचर उद्योगका आगो तापेर बसिरहेका ‘बल्लु’ को गोली हानी हत्या गरेका थिए ।
हत्यापछि उनी फरार रहदै आएका थिए । फर्निचर व्यवसायी बल्लु एमाले कार्यकर्ता समेत रहेको थिए । मनोज पुनसँगको दुस्मनीका कारण उनको हत्या भएको थियो । 'बल्लु'को हत्याका मुख्य योजनाकार मनोज पुनलाई समेत प्रहरीले इन्काउन्टर गरिसकेको छ ।