च्याम्यिपन्स लिगः लिभरपुलसँग म्यानचेस्टर सिटी पराजित
काठमाडौँः युरोपको प्रतिष्ठि च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलका लागि भएको पहिलो लेगको खेलमा लिभरपुलले अर्को इङ्लिस ब्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
एन्फिल्डमा भएको क्वार्टर फाइनलको पहिलो लेगको भिडन्तमा लिभरपुलले सिटीमाथि ३–० को जित निकालेको हो ।
लिभरपुललाई प्रभावशाली जित दिलाउने क्रममा यो सिजन युरोपको शीर्ष गोलकर्ताको अग्रपंक्तिमा रहेका मोहम्मद सालाहले १२ औँ मिनेटमा खाता खोले ।
त्यसपछि त्यसपछि ओक्सलाडे च्याम्बेरलैनले २० औँ र स्याडियो मानेले ३१ औँ मिनेटमा गोल गरे । पहिलो हाफमा पुरै दबाबमा खेलेको सिटीले दोस्रो हाफमा पोजिसनमा डोमिनेट गरेपनि गोल गर्न सकेन ।
अबे खेलमा गोलको अवसर गुमाएपछि अब सिटीले दोस्रो लेगमा पराजित गर्नैपर्ने विकल्प मात्रै छ । प्रमुख स्ट्राइकर सर्जियो एग्युएरोबिना उत्रिएको सिटीले पहिलो हाफमा एकदमै फितलो खेलेको थियो ।
प्रिमियर लिगको उपाधि नजिक पुगेको सिटीलाई लिभरपुलसँगको पराजय ठुलो झट्का भएको छ । उता लिभरपुलले भने युरोपेली प्रतिस्पर्धामा आफूलाई अब्ब सावित गर्दै सेमिफाइनल यात्रा करिब पक्का गरेको छ।