प्लेअफतर्फ काठमाडाैं गोल्डेन्स
धनगढी : लगातार तेस्रो जित हात पारेको ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) को प्ले अफको सम्भावना बलियो बनाएको छ । काठमाडौंले बुधबार भएको खेलमा सीवाईसी अत्तरियालाई ११ रनको पराजित गर्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो । काठमाडौं अहिलेसम्म प्रतियोगितामा पराजय नबोहोर्ने एक्लो टोली पनि हो ।
समूह चरणमा अब दुई खेल खेल्न बाँकी रहेको काठमाडौंलाई प्ले अफ पुग्न आफ्नो खेलमा जित हात पारेको अवस्थामा पुग्नेछ । पराजित भएको अवस्थामा समेत अन्य टोलीले पराजय बेहोरेको काठमाडौं प्ले अफमा पुग्नेछ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जिती पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३७ रनको योगफल खडा गरेको थियो ।
जवाफी ब्याटिङमा आएको सीवाईसी अत्तरियाले २० ओभरमा आठ विकेट गुमाउँदा एक सय २६ रन मात्रै जोड्न सकेपछि काठमाडौंको जित पक्का बनेको थियो । काठमाडौंको जितमा ब्याटिङतर्फ कप्तान ज्ञानेन्द्रले सर्वाधिक ५७ रनको योगदान दिए भने बलिङतर्फ सुबोध भाटीले तीन विकेट लिए । ४३ बलको सामना गरेको ज्ञानेन्द्रले तीन छक्का र चार चौकाको मद्दतले अर्धशतकीय योगदान दिए । उनीबाहेक नरेश बुढाऐरले २७ रन तथा रासिद खानले १६ रन जोडे ।
बलिङतर्फ चार ओभर बलिङ गरेका भाटीले एक मेडनसहित मात्र १० रन खर्चेर तीन विकेट लिए । सन्नी पटेल र रासिदले पनि दुई÷दुई विकेट लिँदा अत्तरियाका लागि कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । अत्तरियाका लागि गौरव चित्रकारले चार छक्का र एक चौकाको मद्दतमा २६ बलमै ३६ रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । भिपिन चन्द्राले २६ रन, सन्दीप जोराले २१ रन तथा शुभांकर उराउले १२ रन जोडे । अत्तरियाका शुभांकरले तीन तथा भिपिन चन्द्र र कृष्ण कार्कीले दुई÷दुई विकेट लिए पनि टोलीलाई पराजयबाट जोगाउन पर्याप्त बनेन ।
प्रतियोगितामा अत्तरियाको तेस्रो खेलमा यो दोस्रो पराजय हो । यो पराजयले अत्तरियालाई भने प्ले अफको यात्रा तय गर्न बाँकी रहेको खेलमा जित हात पार्नुपर्ने दबाब थपिएको छ ।
म्यान अफ दी म्याच
बाबर हयात, विराटनगर किङ्स
म्यान अफ दी म्याच घोषित हुन पाउँदा खुसी लागिरहेको छ । म्यान अफ दी म्याचको यो ट्रफीले मैले राम्रो प्रदर्शन गरिरहेको महसुस गराएको छ । नेपाली खेलाडीहरूसँग खेल्न निक्कै रमाइलो पनि भइरहेको छ । आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विजयी बनाउने र थप म्यान अफ दी म्याचको ट्रफी जित्ने प्रयास गर्नेछु ।
म्यान अफ दी म्याच
सुबोध भाटी, काठमाडौं गोल्डेन्स
नेपालमा खेल्दा पनि आफ्नै मैदानमा खेलिरहेको जस्तै महसुस भएको छ । नेपाल मलाई आफ्नै घरजस्तो लाग्न थालेको छ । खेलहरू पनि प्रतिस्पर्धात्मक भइरहेकाले रमाइलो भइरहेको छ । आज टोलीको जितमा योगदान पु¥याउन पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि यस्तै प्रदर्शनको प्रयास गर्नेछु ।