२०१५ सालका सांसद कमलराज रेग्मीको निधन

२०१५ सालका सांसद कमलराज रेग्मीको निधन

काठमाडौं : पुराना वामपन्थी नेता एवं पूर्व सांसद कमलराज रेग्मीको निधन भएको छ। ९१ वर्षीय रेग्मीको काठमाडौंको धोवीघाटस्थित निवासमा बिहीबार बिहान ५ बजेर २५ मिनेटमा निधन भएको उनकी बुहारी उपासना रेग्मीले जानकारी दिइन्।

१९८४ भदौ ६ गते पाल्पामा जन्मिएका रेग्मी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याले थलिएका थिए। राणाकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा लागेका रेग्मीले पटकपटक जेल जीवन भोगेको उनका भतिजसमेत रहेका तानसेन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले जानकारी दिए। राणा शासनविरोधी २००७ सालको आन्दोलनमा उनी पाल्पा जिल्लाका कमाण्डर थिए।

बालिग मताधिकारका आधारमा २०१५ सालमा पहिलोपटक भएको आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले देशभरबाट चार सिट जित्दा रेग्मी पाल्पाबाट विजयी भएका थिए। पञ्चायती व्यवस्था सुरु भएपछि पञ्चायत प्रवेश गरेका रेग्मी गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्ष समेत भए।  

रेग्मीका श्रीमतीसहित चार छोरी र एक छोरा छन्। उनका छोरा प्रकाशराज रेग्मी वरिष्ठ मुटु रोग विशेषज्ञ छन्।

रेग्मीको शुक्रबार देवघाटमा अन्तिम संस्कार गरिने उनकी बुहारी उपासनाले जानकारी दिइन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.