करिब ९ करोडको फेसबुक डाटा चोरी

करिब  ९  करोडको फेसबुक डाटा चोरी

एजेन्सी  : सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेका छन् । पत्रकार सम्मेलन गरी जुकरबर्गले फेसबुकको डाटा चोरी भएको जानकारी दिएका छन् । फेसबुकक प्रमुख जुकरबर्गले सार्वजनिकरुपमा कम्पनिबाट गल्ति भएको स्वीकारेका छन् ।

११ लाख बेलायतीको मात्रै फेसबुक डाटा चोरी भएको छ ।  यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । डाटा चोरी घटना भएपछि फेसबुकको सबत्र आलोचना हुँदै आएको छ । ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ ।

जुगरबर्गका अनुसार एप्स बनाउने अलेग्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकको बीचमा भएको विश्वासघात सार्वजनिक भएको छ । उनले भने, ‘फेसबुकका साथै उनीहरुको पनि विश्वासघात हो, जसले आफ्नो जानकारी हामीसँग सेयर गर्छन।’ फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा थप अध्ययन गरिने बताए ।

उनले प्रयोगकर्ताका विवरण चुहावट हुने सेवालाई बन्द गरिसकिएको र यस विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन समेत गर्ने बताएका छन् । तेस्रो पार्टी एप्सको जानकारी लिन नसक्ने व्यवस्था गर्ने पनि उनले आश्वासन दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.