करेन्ट लागेर बालकको मृत्यु, तीन घाइते
कैलाली : करेन्ट लागेर शुक्रबार एक बालकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
घटनामा धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
घाइते हुने तीनै जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
वनखेत नजिकको विद्युत प्रशारण लाइन वरपर खेल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको बताइएको छ । रासस