घुससहित दुई कर्मचारी पक्राउ
पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई प्राविधिकलाई घुससहित पक्राउ गरेको छ ।
विद्यालय भवन निर्माण गर्दा गलत बिल फस्यौंट गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिँदालिँदै चिप्लेढुङ्गास्थित एक रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इन्जिनियर छवीन्द्रविक्रम खाँड र सवइन्जिनियर प्रदीपकुमार बानियाँ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । रासस