बसको ठक्करले मोटरसाइकलमा सवार दुईको मृत्यु

बसको ठक्करले मोटरसाइकलमा सवार  दुईको मृत्यु

लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा–४ कदमाहास्थित सडकमा शुक्रबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ६०२ नम्बरको बसको टायर पञ्चर भई अनियन्त्रित हुँदा स ७प ७१५० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–८ निवासी ४० वर्षीय शम्भु स्वर्णकार र सोही ठाउँका ३५ वर्षीय सन्दीप स्वर्णकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र सन्दीपको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । रासस  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.