आमाले दोस्रो बिहे गरेपछि छोरीको बिचल्ली

आमाले दोस्रो बिहे गरेपछि छोरीको बिचल्ली

जाजरकोट : जाजरकोट भेरी नगरपालिका १ रावतगाँउकी एक महिलाले तीन वर्षीयछोरीलाई छोडेर दोस्रो विवाह गरेपछि छोरीको विचल्ली भएको छ । चार वर्षअघि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर स्थानीय रोशन खत्रीसँग विवाह बन्धनमा बाँधिएकी भवानी राना खत्रीले दोस्रो विवाह गरेपछि छोरीको विचल्ली भएको हो । ‘नातिनी आमा आमा भनेर रोइरहेकी छ । खान पनि खादिनँ ।

यसलाई कसरी सम्हालौं’,हजुर आमा धनी खत्रीले गहभरि आँसु पादै भनिन्, ‘त्यही श्रीमती र छोरीको भविष्यको लागि छोेराले खाडीमा पसिना बगाइरहेको छ । यता निर्दयी आमाले दूधे नाबालकलाई छोडेर गई ।’

भवानीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा छन् । यही मौका छोपी उनले तीन दिनअघि स्थानीय गणेश विश्वकर्मासँग दोस्रो विवाह गरेकी हुन् । अर्काकी श्रीमती भगाउने गणेश र श्रीमान् तथा छोरीलाई छाडेर जाने भवानी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रीमान् विदेश भएको मौका छोपी अवैध सम्बन्ध राख्दै आएकी उनले पोल खुल्ने डरले नाबालक छोरीलाई समेत चटक्कै छोडेर गएकी हुन । रोशनकी आमा धनी खत्रीले विवाह गर्दा लागेको खर्च, छोराले विदेशबाट पठाएको रकम, औषधि उपचारलगायत भएको खर्च गरी १० लाख रुपैया क्षतिपूर्ति माग गदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उनले क्षतिपूर्तिका साथै कानुनी कारवाहीको माग गरेकी छन् तर जिल्ला प्रहरी कार्यालयमै स्थानीयले केही रकम लिएर मिलापत्र गर्न दबाब दिइरहेको पीडित पक्षको गुनासो छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.