सदरमुकामवासी नै पिउँछन् दूषित पानी

सदरमुकामवासी नै पिउँछन् दूषित पानी

दैलेख : नारायण नगरपालिका र आसपासका क्षेत्रमा दैनिक रूपमा आपूर्ति हुँदै आइरहेको खानेपानीमा फोहर मिसिएर आउन थालेपछि आजभोलि स्थानियवासी दूषित पानी पिउन बाध्य भएका छन्् ।

उक्त नगरवासीले खानेपानी उपभोक्ता समितिले सदरमुकाम दैलेख बजार र यसका आसपासमा वितरण गर्ने खानेपानी पिउन योग्य नभएको भन्दै गुनासो गर्दै आइरहेका छन् । नगरपालिका १ देवकोटा चोकका मनोज थापाले धारामा धमिलो पानी आउन थालेपछि सबैले पानी छानेर उमालेर पिउने गरेको बताए । उनले भने, ‘फोहोर पानीका कारण रोग लाग्ने डरले दिनहुँ पानी उमालेर पिउने गरेका छौं ।’

यस्तै सोही नगरपालिका ६ की कमला योगीले धारामा फोहर पानी आउन थालेपछि खानेपानीको समस्या भएको बताइन् । उनले समितिको लापरवाहीले धारामा फोहोर पानी आएको आरोप लगाइन् ।

पाइप विभिन्न स्थानमा फुटेर फोहोर मिसिएपछि खानेपानीमा बजार क्षेत्रको फोहोर मिसिएकाले धारामा दूषित पानी आउन थालेको स्थानीयले बताएका छन् । समस्याबारे जानकार रहँदा रहँदै पनि खानेपानीप्रति नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।

नगर क्षेत्र र आसपासका १ हजार ८ सय ५३ घरधुरीमा खानेपानी आपूर्ति गरेको सो समितिले बृहत् सहारे खानेपानी आयोजना निर्माण भइरहेको र पानी प्रशोधन केन्द्र सफा हुन समय लाग्ने बताएको छ । सो समितिका अध्यक्ष बलराम श्रेष्ठले आयोजना समितिलाई हस्तान्तरण नभएको बताउँदै पुरानो आयोजनाबाटै खानेपानी वितरण गरेको र नयाँ आयोजनाबाट परीक्षण मात्र गरेको दाबी गरे । उनले समितिबाट निर्माण कम्पनीलाई छिटो काम सम्पन्न गर्न दबाब दिइरहेको भन्दै समितिसँग जनशक्ति र उपकरण नभएकाले समितिले यस्ता मर्मत गर्न कठिनाइ भएको स्वीकारे ।

तर, समितिले पुराना आयोजनाका धाराहरू बन्द गरी परीक्षणमा ल्याएको आयोजनाको धाराबाट फोहर पानी उपलब्ध गराएको देखिएको छ । सो पानी पिउन योग्य या अयोग्यबारे कुनै प्राविधिक जाँच गरिएको प्रतिवेदन उपभोक्ता समितिसँग छैन ।

पुरानो आयोजनाबाट सञ्चालन भएको खानेपानी बन्द गरेर नयाँ आयोजनाको फोहोर पानी धारामा दिनुभन्दा केही दिन पानी वितरण रोक्नुपर्ने उपभोक्ताको सुझाव रहेको छ । हाल नयाँ आयोजनाबाट सञ्चालन भएको पानीको शुद्धता परीक्षण गर्नुपर्ने भए पनि हालसम्म त्यस्तो गरिएको छैन । पानीको शुद्धता नै परीक्षण नगरी धारामा पानी पठाउँदा उपभोक्ताहरू फोहोर पानीका कारण मर्कामा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.