१६ महिनापछि छोरोको हत्यारा खोज्दै

१६ महिनापछि छोरोको हत्यारा खोज्दै

कालिकोट : कालिकोट जिल्ला रास्कोट नगरपालिका १ निवासी देउमले टमट्टा आफ्नो छोराको हत्यारा खोजीमा जिल्ला प्रहरी कार्यालय धाइरहेका छन्। १९ बर्से छोरा सत्यको मृत्यु भएको १६ महिनापछि मृत्युको वास्तविक रहस्य खुलेपछि उनी न्यायको खोजीमा सदरमुकाम पुगेका हुन्।

सामान्य परिवार र सोझो परिकार। अर्काको भारी बोकेर गुजारा चलाउने टमट्टाका छोरा सत्य पैसा कमाउन गएको दुई दिनपछि भीरबाट लडेर मरेको खबर सुने। पहिला विश्वास नगरेका उनले साथै गएका छोराका साथीहरूको कुरा सुनेपछि छोराको दाहसंस्कार पनि गरे। तर, छोरो बितेको वर्ष दिनपछि छोरा लडेर नभई सँगै गएका साथीले मारेको कुरा सुनेपछि उनी झनै भावविह्वल भएका छन्।

साथीसँगै मदिरा सेवन गरी घर फर्कने क्रममा लडेको खबर सुन्दा उनी जति पीडित भएका थिए साथीले हत्या गरेको सुन्दा झनै पीडित बनेका छन्।

गाउँकै प्रभाकर बरालको घर निर्माणका लागि आवश्यक सामान ल्याउने क्रममा सत्यसँगै सोही गाउँका रमेश टमट्टा र कृष्ण टमट्टा पनि गएका र तीमध्ये रमेश र कृष्ण घर फर्किएका तर सत्य घर फर्किएका थिएनन्।

मृतकका बुवा देउमलेले छोराको वास्तविक हत्यारा रमेश भएको बताएका छन्। जसको प्रमाण उनीसँगै गएका कृष्णले पोल खोलेपछि थाहा पाएको देउमले बताउँछन्। मदिरा सेवन गरी तीनै जना सँगै घर फर्किएका र घर फर्किंदा एक रक्सीको बोतल सँगै लिएर आएको साथी कृष्णले भने, ‘सत्यसँग पाँच सय रुपैयाँ थियो त्यसले थप मदिरा खान आग्रह गरियो। सत्यले फेरि रक्सी खान मानेनन्, पैसा खर्च गर्दिनँभन्दा रमेशले रक्सीको बोतल ढुंगाामा ठोकेर आधा कोप्रो पारी टाउकोमा हिर्काएका हुन्।’

घटनाको १६ महिनापछि अभियुक्त रमेशले मृतकी पत्नीलाई फोनमार्फत धम्की दिएका थिए।

रमेश भने हाल भारतको मुम्बई गएका छन्। मृतकका बुवा देउमलेले भारतबाट मृतककी श्रीमतीलाई रमेशले फोन गरेर धम्कीसमेत दिएको बताए।

२०७३ साल साउन १३ गते बिहान ७ बजे मृतक सत्यलाई साबिकको फुकोट गाविस बाहरकोटी गाउँ बस्ने प्रभाकर बरालको घरको सामान

(टिनका पाता) लिन जाउँ भनी पैसाको लोभमा पारी बोलाई साँझ घर फर्किने क्रममा करिब रातिको १२ बजेतिर मदिरा सेवन गरी सिप्खानाको बुडीसैन खोलामा पुग्दा रमेशले बोकेको डायमन्ड बोतलले हिर्काएर सत्यको हत्या गरिएको टमाट्टा परिवारले बताएको छ।

घटनाको १६ महिनापछि अभियुक्त रमेशले मृतकी पत्नीलाई फोनमार्फत धम्की उक्त घटना प्रमाणित भएको देउमले परिवारले बताए।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा २०७४ कार्तिक २२ गते अडियो समेत पेस गरी निवेदन दिएका थिए। प्रहरीले कृष्णलाई जिप्रकामा तीन दिन हिरासतमा राखी घटना छानबिन नगरी कृष्णलाई छाडेको र त्यसपछि २०७४ चैत ६ गते पुनः जिप्रका जाहेरी पेस गर्न खोज्दा प्रहरी प्रमुखले यस्ता घटना दर्ता गर्न नमिल्ने बताएका थिए। जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले १९ महिनाअघिको घटना र मृत्यु भएको समय प्रहरीलाई जानकारी नदिएको, प्रहरी मुचुल्का पनि नगरिएको, पोस्टमार्टम पनि नगरिएको हुँदा अहिले कर्तव्य ज्यानमुद्दा दर्ता गर्न नसकिने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.