बालिका आफन्तबाटै असुरक्षित

बालिका आफन्तबाटै असुरक्षित

स्याङ्जा : स्याङ्जाको आँधीखोला गाउँपालिकाका ८० वर्षीय हजुरबुबाले ८ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। अर्की ११ वर्षीया बालिकालाई आफ्नै काकाले जबरजस्ती करणी गरेका थिए। भीरकोट नगरपालिकामा पनि ३ जना बालिकामाथि जबरजस्ती करणी भएको छ। १४ वर्षीया २ जना बालिका र १५ वर्षीया १ जना बालिकामाथि जबरजस्ती करणी भएको हो।

फुर्सदमा खेल्न खेलमैदानमा जाँदै गरेकी वालिङका १४ वर्षीया बालिका पनि ४६ वर्षीय अर्जुन गुरुङबाट जबरजस्ती करणीमा परिन्। २/३ महिनाभित्र भएका बलात्कारका घटनाका हुन् यी। स्याङ्जामा बालिका आफन्त, छिमेकी, चिनेजानेका व्यक्तिबाटै असुरक्षित देखिएका छन्। विद्यालयमा पढाउने गुरुबाट छात्रा, बाबुबाट छोरी, छिमेकीबाटै स—साना नानी असुरक्षित रहेको यी घटनाले देखाएको छ। स्याङ्जामा ४ वर्षीया नानीदेखि ६० वर्षीया वृद्धा पनि बलात्कृत भएका छन्।

नौ महिनामा १० जना बालिका जबरजस्ती करणीमा परेका छन्। तीमध्ये १६ वर्ष मुनिका ९ जना र ४५ वर्षभन्दा माथिका १ जना महिला रहेको स्याङ्जाका प्रहरी उपरीक्षक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १६ जना, ०७३/७४ मा ११ जना जबरजस्ती करणीमा परेका हुन्। अघिल्लो वर्षको १६ जनामध्ये ३ जना, गत वर्षको ११ मध्ये ५ जना र यस वर्षको १० मध्ये २ जना जबरजस्ती करणी उद्योग मुद्दामा सजाय भोगिरहेका छन्।

४ वर्षीया बालिकादेखि ६० वर्षीय वृद्धा पनि बलात्कारको सिकार भएका छन्।

जबरजस्ती करणीको प्रकृति विश्लेषण गर्दा बालिकालाई ललाइफकाइ, प्रलोभनमा पार्नेको संख्या बढी देखिएको छ। गरिबी, चेतना अभाव, कानुनबारे अनभिज्ञ, विकृत मानसिकता, समाज र सार्वजनिकस्थल महिलामैत्री नहुनु, पीडितको पक्षमा उल्टो वकपत्र गरिनु, झन्झटिलो कानुनी प्रक्रिया र मोबाइल, इन्टरनेटको दुरुपयोगका कारण जबरजस्ती करणीका अपराध बढेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास सुन्न पनि नपरे हुन्थ्योजस्तो लाग्ने विषयमा पक्ष र विपक्षमा बाँडिएर पीडितलाई झनै पीडा दिने प्रचलन अन्त्य गरिनुपर्ने बताउँछिन्। ‘फौजदारी अपराधका रूपमा रहेको जबरजस्ती करणीका अभियुक्तलाई कडा कानुनी कारबाही गर्नुपर्छ’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.