प्रधानमन्त्री ओलीलाई दिल्लीमा 'गार्ड अफ अनर'

प्रधानमन्त्री ओलीलाई दिल्लीमा 'गार्ड अफ अनर'

नयाँ दिल्ली: प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भारतको राजधानी नयाँ दिल्लीमा गार्ड अफ अनरबाट सम्मानित गरिएको छ। 

सम्मानपछि बोल्दै प्रधानमन्त्री ओली नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध अझै सुदृढ भएको बताए । उनले छिमेकीबीचको सम्बन्ध नवीकरण गरिरहुपर्ने बताउँदै आफू त्यसैका लागि भारत आएको पनि बताए । 

आफ्नो सम्मानमा भारतले दिएको सम्मानपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रको गरिबी निवारणमा सहकार्य गर्नुपर्ने बताए ।

जनताको जीवनस्तर उकास्न मिलेर काम गर्नुपर्ने बताउँदै ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भारत भ्रमणमा आएको बताए ।

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । सम्मान दिइँदा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.