क्यान्सरपीडितलाई सहयोग
युएई : गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ६ अर्जैका क्यान्सरपीडितले सहयोग पाएका छन्। गाउँपालिकाको अर्जै उच्च माविमा अध्ययनरत दुई दिदीभाई ले सोही विद्यालयका पूर्व विद्यार्थी युएईमा कार्यरत खगेन्द्र पराजुली र सोही गाउँका युएईमा कार्यरत नोख् बहादुर बस्नतले सहयोग संकलन गरी पठाएका हुन् ।
उनीहरुले चलाएको सहयोग संकलन अभियानबाट एकलाख आठसय ९५ रुपैयाँ सहयोग गरेका हुन् । पराजुलीले यसअघि पनि सोही गाउँका टुना परियार, लीलबहादुर विष्ट र भारत परियार को लागि पनि सहयोग जुटाएका थिए।
गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ६ अर्जै उदिकाका डिलाराम अर्यालका छोराछोरी नरेश अर्याल र तुल्सा अर्याल सोही वडा को अर्जै उच्च माविका अब्बल विद्यार्थी हुन् तर उनीहरु दुवै जना दीर्घ रोगबाट पीडित छन् ।
युएई नेपाल प्रदेश ५ सम्पर्क समितिका महासचिवसमेत रहेका पराजुलीले पीडित विद्यार्थीको अवस्था थाहा पाएपछि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।पराजुलीले यस्ता बालबालिकालाई सरकारी तवरबाट रोग निदान गरी पीडित बालबालिकालाई पढ्न सक्ने बनाउन सुझाव दिए। ‘यसो हुन सकेमा ती बालबालिकाले अरूलाई पनि केही प्रेरणा सक्छन् ।’ उनले भने ।