मोदीको घोषणाः सगरमाथाको देशलाई सागरसँग जोड्छौँ

मोदीको घोषणाः सगरमाथाको देशलाई सागरसँग जोड्छौँ

नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

भारतको भ्रमण रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले सगरमाथाको देश नेपाललाई सागरसँग जोड्न आफू तयार रहेको बताएका हुन् ।

‘नेपाल अब भूपरिवेष्ठित देश रहिरहँदैन, उसलाई हामी अब समुद्रसँग जोड्छौँ’, ओलीलाई दिल्लीमा स्वागतसहित मन्तव्य दिँदै मोदीले भने, ‘सगरमाथाको देशलाई अब सागरसम्म जोडिनेछ ।’

मोदीले काठमाडौँलाई अब सीधै भारतसम्म रेल लाइनले जोड्ने पनि बताए । ‘काठमाडौँबाट अब हामी भारतसम्म सीधा जोड्न रेल लाइनले जोड्छौँ’, मोदीले भने, ‘जलसंशाधन र ऊर्जासम्बन्धी प्रोजेक्टमा पनि हामी संयुक्त काम गर्छौँ’

मोदीले लामो समयदेखि चर्चामा रहेका पञ्चेश्वर, सप्तकोशी र सुनकोसी जस्ता ठुला जलविद्युत् तथा बाँध परियोजना पनि अघि बढाउने उल्लेख गरे ।

सम्बोधनका क्रममा मोदीले वीरगन्जस्थित एकीकृत चेक पोष्टको शिल्यान्यास गरिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए ।

'नेपाल नयाँ राजनीतिक रुपमा युगमा प्रवेश गरेको छ', उनले भने, 'ओलीजीले नेपाल तीव्र आर्थिक विकासतर्फ गइरहेको मलाई जानकारी दिनुभयो । यो भिजनलार्इ सहयोग गर्न भारत भागिदार बन्न सक्छ ।'

मोदीले अब दुई देशको साथ विकास लागि भएको बताए । 'हाम्रो सहकार्य र साथ विकासका लागि हुन्छ', उनले भने, 'ओलीजीको समृद्ध नेपाल र सुखी नेपाली भिजनलाई सफल बनाउन हाम्रो पनि भूमिका हुन्छ । विकासका साझा लक्ष्यमा हामी सहकार्य गर्छौँ ।'

मोदीले काठमाडौलाई भारतीय रेलसँग जोड्ने काममा आफूहरु संयुक्तरुपमा काम गर्न तयार रहेको पनि बताए । 'हामी काठमाडौँसम्म रेल लाइन विस्तार गर्न तयार छौँ', उनले भने, 'तराईको सडक विस्तार, पेट्रोलियम पाइपलन, क्रस बोर्डर कनेक्टिभिटी, कृषि शिक्षा र अनुसन्धानको क्षेत्रमा पनि मिलेर काम गर्छौँ ।' 

मोदीले नेपाल जल संसाधान र उर्जा विकासमा सहकार्य गर्न भारत तयार रहेको बताउँदै अरुण , पच्चेश्वरी , सप्तकोशी , सुनकोशीमा काम गर्न पनि सहमत रहेको बताए । मोदीले दुई देशबीचको रक्षा र सुरक्षा विषय पनि ओलीसँग गहन छलफल भएको बताए । 'हामीले खुला सिमाना दुरुपयोग रोक्न पनि छलफल गरेका छौँ', मोदीले भने, 'खुला सिमानाका कारण उब्जेका समस्या स‌ंयुक्तरुपमा हल गर्छौँ ।'

‘अब हामी मिलेर विकासमा अघि बढ्छौँ । रामायण र बुद्धिस्ट सर्किट विकास गर्छौँ’, मोदीले भने, ‘शिक्षा र जनस्तरको विकासमा पनि जोड दिन्छौँ । ओलीजी र धर्मपत्नीसहित डेलिगसनलाई भारतमा पुनः स्वागत गर्न चाहन्छु । फेरि भेट होला ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.