अब राजधानीमै ‘कर्नाली’

अब राजधानीमै ‘कर्नाली’

भक्तपुर : राजधानीमै कर्णालीको सभ्यतासहित कला, संस्कृति, सम्पदा एकसाथ हेर्न पाइने भएको छ। भक्तपुरको पलाँसेस्थित काठमाडौं फन भ्यालीभित्र ‘कर्नाली ढुकुरी’ संग्रहालय सञ्चालनमा आएपछि राजधानीमै बसेर कर्णालीको अवलोकन गर्न पाइने भएको हो।

कर्णाली अञ्चलका दुई सय ७८ वर्ष पुराना सम्पदा र दक्षिण एसियाली देशका यस्तै संस्कृति, सभ्यता र सम्पदालाई समेटेर संग्रहालय सञ्चालन गरिएको छ। करिब १५ वर्षको प्रयासपछि यो संग्रहालय स्थापना भएको हो।

‘उत्तरी थाइल्यान्डमा पाँच हजार वर्षअघिको संस्कृति र सभ्यता विकसित हुँदै भुटान पुगेको र मानव सभ्यताको विकास हुने क्रममा तिब्बत हुँदै हुम्ला जुम्लामा खस सभ्यताका रूपमा कणाली अञ्चलभर पुगेको हो’, अनुसन्धानमा पाएको जानकारी दिँदै संग्रहालयका परिकल्पनाकार एवं सञ्चालक गोविन्द नेपालीले अन्नपूर्णलाई बताए।

जुम्लाको चन्दननाथ नगरपालिका–२ का गोविन्द नेपालीले त्रिभुवन विश्वविद्यालयबाट ‘सोसियो कल्चरल एसेट्स अफ दलित फर सस्टेनेबल डेभलपमेन्ट इन नेपाल’ विषयमा विद्यावारिधि गर्ने क्रममा संकलन गरेका सामग्रीलाई संग्रहालयमा राखिएको छ।

संग्रहालयमा कर्णालीका जिल्लाका साथै दक्षिण अफगानिस्तान, भुटान, इन्डोनेसिया, पाकिस्तान, भियतनाम र भारतका पनि यस्ता बहुमूल्य संस्कृति, सभ्यता र सम्पदा राखिएको छ। यसै सातादेखि सञ्चालनमा आएको उक्त संग्रहालयमार्फत कर्णालीको कला, संस्कृति, सभ्यता र सम्पदालाई विश्वभर चिनाउने मुख्य लक्ष्य राखिएको छ।

‘संग्रहालयले राजधानीमै कर्णालीको कला, संस्कृति, सम्पदा र सभ्यता र यो दक्षिण एसियाका देशसँग कसरी जोडिएको छ भन्ने जानकारी दिन्छ’, उनले भने, ‘काठमाडौं फन भ्याली घुम्न आउने नयाँ युवा पुस्ता र विदेशीलाई पनि संग्रहालय सहज हुने भएकाले आफूले गरेको अनुसन्धानलाई प्रयोगमा ल्याएको हुँ।’

संग्रहालयले राजधानीमै कर्णालीको कला, संस्कृति, सम्पदा र सभ्यता र यो दक्षिण एसियाका देशसँग कसरी जोडिएको छ भन्ने जानकारी दिनेछ।

नेपालीका अनुसार संग्रहालयमा राखिएको लडाइँका बेला आत्मसुरक्षाका लागि योद्धाहरूले प्रयोग गर्ने छालाबाट बनेको ‘रैटा’ (ढाल) दुई सय ७८ वर्ष पुरानो सम्पदा हो। हस्तकलाबाट तामामा बनाएको वनझाँक्रीको आकृतिमा कोरिएको ‘गडुवा’ दुई सय ४५ वर्ष पुरानो हो। पुरानो तामाको चन्द्रमुखी कचौरामा सुनको शंख आकारमा सूर्यमुखी कला कुँदेर निर्माण गरिएको ‘ढिकुर’ एक सय ६३ वर्ष पुरानो हो।

संग्रहालयमा भुटानका १६, भियतनामका २६, भारतका ३०, उत्तरी थाइल्यान्डका १५, इन्डोनेसिया र अफगानिस्तानका एक÷एक दर्जन बढी र कर्णालीका समेत गरी दुई सय ५० ऐतिहासिक तस्बिर संगृहीत छन्।

नेपालीको एकल प्रयास र लगानीमा स्थापना गरिएको संग्रहालयबाट हुने आम्दानीको १५ प्रतिशत रकम कर्णालीका विपन्न बालबालिकाको शिक्षामा खर्च हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.