बोआओ सम्मेलनमा नेपाल सहभागी नहुने

बोआओ सम्मेलनमा नेपाल सहभागी नहुने

काठमाडौं : नेपालले आइतबारदेखि सुरु हुने बोआओ फोरम (बीएफए) सम्मेलनमा सहभागिता नजनाउने भएको छ । चीनको हेनान प्रान्तको बोआसो सहरमा चार दिनसम्म चल्ने सम्मेलनमा नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व नहुने परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री केपी ओली सम्मेलनमा सहभागी हुने चर्चा चले पनि भारत भ्रमणको समयसँग जुधेपछि अन्तिममा नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता नभएको हो ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । उनी आइतबार साँझ स्वदेश फर्कंदै छन् । बोआओ सम्मेलनलाई नेपालले विशेष महत्व दिँदै आएको छ ।

अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, दुई वर्षअघि प्रधानमन्त्री रहेका अहिलेका प्रधानमन्त्री केपी ओली, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सम्मेलनमा सहभागिता जनाइसकेका छन् ।

‘विश्वको बृहत्तर समृद्धिका लागि खुला र नवीन एसिया’ नारा दिइएको बोआओ सम्मेलन उद्घाटन चिनियाँ राष्ट्रपति सि चिनफिङले गर्ने कार्यक्रम छ । उनी तेस्रो पटक सम्मेलनमा सहभागी हुन लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ राष्ट्रपति चिनफिङले सम्मेलनमा सहभागी देशका राष्ट्र÷राज्य प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा एसियाको अर्थतन्त्र, बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), विश्वव्यापी चुनौतीलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा अस्ट्रिया र फिलिपिन्सका राष्ट्रपति, मंगोलिया, नेदरल्यान्ड्स, पाकिस्तान र सिंगापुरका प्रधानमन्त्री सहभागी हुँदै छन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध–निर्देशक क्रिस्टिन लगार्दको पनि सहभागिता रहनेछ ।

सन् २००१ को फेबु्रअरीमा बोआओ फोरम फर एसियाको औपचारिक उद्घाटन भएको थियो भने पहिलो बैठक १२/१३ अप्रिल, २००२ मा भएको थियो । त्यसपछिका सम्मेलन पनि बोआओ सहरमा निरन्तर रूपमा हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.