दुर्घटनाबाट बच्यो मकालु

दुर्घटनाबाट बच्यो मकालु

सिमकोट : मकालु एयरको सिंगल इन्जीनको 9NAJG कल साइनको जहाज दुर्घटनाबाट बचेको छ। आज बिहान पौने १० बजे ९ यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका बेला हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि हजाज दुर्घटनाबाट बचेको सिमकोट विमानस्थलका निमित्त प्रमूख राजु महतोले जानकारी दिए।

उनका अनुसार हजाज एप्रोनबाट १५ मिटर गुडिसकेको थियो अचानक क्याप्टन किरण भट्टराईले थाहा पाएपछि अकस्मात रोककेका थिए। जहाज धावन मार्गबाट उडेको भए जेपनि हुन सक्थ्यो निमित्त प्रमुख महतले अन्नपूर्णसँग भने, 'धन्न सुरुमै थाहा भयो।' एप्रोनबाट १५ मिटरको दूरीमा गुडेको उक्त जहाजलाई मकालु एयरका स्थानीय कर्मचारी र अन्य यात्रुले धकेलेर पार्किङ्ग गरेर राखिएको मकालु एयर सिमकोटका प्रमुख लोकन्द्र रावतले जानकारी दिए।

हाइड्रोलिक लिक भएपछि सिमकोट विमानस्थलमै थन्किएको उक्त जहाज मर्मतका लागि सुर्खेतबाट इन्जीनियर झिकाइने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.