मृगौला पीडितलाई इजरायलको सहयोग

मृगौला पीडितलाई इजरायलको सहयोग

भक्तपुर : दुवै मृगौला बिग्रेर आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई नेपाली मञ्च इजरायलले ५० हजार सहयोग गरेको छ।

प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मृगौला प्रत्यारोपणका लागि पठाएको उक्त रकम प्रदेश ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मिगौला पीडित श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

आर्थिक अभावका कारण उपचार गर्न नसकेको जानकारी पाएपछि मञ्चका इजरायल सहकोषाध्यक्ष मीना चुँडालको पहलमा रकम संकलन गरी पठाइएको मञ्चका इजरायल अध्यक्ष तीर्थ गौतमले जानकारी दिए।

तीन महिनाअघि दुवै मिर्गौला काम नलाग्ने भई राष्ट्रिय धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस गराइराखिएको मिर्गौला पीडित श्रेष्ठले जानकारी दिए । उनले आफ्नी आमाले मिर्गौला प्रत्यारोपण गर्न तयार भए पनि अर्थाभावका कारण प्रत्यारोपण गर्न नसकिएकाले थप रकम आवश्यक रहेको बतए।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.