व्यापारीले वडा अध्यक्षलाई कुटे

व्यापारीले वडा अध्यक्षलाई कुटे

बनेपा : काभ्रेको बनेपा नगरपालिका-६ का वडा अध्यक्ष सचितानन्द केसीलाई आइतबार बिहान एक व्यापारीले कुटपिट गरेका छन्। अरनिको राजमार्गअन्तर्गत बुडोलमा रहेको फुटपाथ हटाउने क्रममा अध्यक्ष केसीलाई व्यापारीले गालीगलौज गर्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए।

उनका अनुसार अरनिको राजमार्गमा रहेको फुटपाट हटाउँदै जाने क्रममा सडकको पेटीमा रहेको सामान बोकेको गाडी हटाउन आग्रह गर्दा व्यापारी सुधिर श्रेष्ठले कुटपिट गरेको बताए। ‘सडकमा रहेको मालबाहक गाडी हटाउन अध्यक्ष केसीले आग्रह गर्दा केसीलाई हार्डडवयरका सञ्चालक सुधिर श्रेष्ठले कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएको श्रेष्ठलाई थप अनुसन्धान गरी सार्वजनिक मुद्दा दर्ता गर्ने डीएसपी मरासिनीले जानकारी दिए। कुटपिटबाट अध्यक्ष सामान्य घाइते भएका छन्। अध्यक्षलाई कुटपिट गरेपछि आक्रोस बनेका स्थानीयले पसल तोडफोड गरेका छन्। अध्यक्ष केसीले सडक अतिक्रमण गरी राखिएको पुराना सवारी साधन लगायतका सामाग्रीमा तीन महिना अघिदेखि हटाउन भन्दै आएका थिए । नमान्नेको सामान क्रेनले हटाउँदै आएका थिए।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.