ढिस्कोले पुरिएर मृत्यु
विराटनगर : मोरङको लेटाङ नगरपालिका- ९ की २४ वर्षीया भगीमया लिम्बूको माटोको ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको छ। स्थानीय बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा ढिस्को खसेर उनलाई पुरेको थियो।
प्रहरीका अनुसार ढिस्कोले पुरिएर लिम्बूको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।