दिल्ली र पञ्जावबीच खेल सुरु सन्दीप प्लेइङ ११ मा परेनन्
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)मा अहिले सन्दीप लामिछानेको टिम दिल्ली डेयर डेभिल्स र किंग्स इलेभेन पञ्जावबीच खेल सुरु भएको छ ।
दोस्रो खेलमा आइतबार दिल्लीले पञ्जावविरुद्धको खेलमा सन्दीपलाई प्लेइङ ११ मा नराखेको हो । दिल्लीकाा गौतम गाम्भीर, ककोलिन मुनरो, रिसब पन्त, श्रेयस ऐरी, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट, मोहम्मद मासी प्लेइङ ११ मा परेका छन् ।
आइतबार दिउँसो ४ बजे सुरु भएको खेलमा पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङको निम्तो पाएको छ । नेपालबाट पहिलो पटक आईपीएलमा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले पहिलो खेलमा बेच्चमै राखेको हो । दिल्लीले सन्दीपलाई अमित मिश्राको विकल्पमा मात्र प्लेइङ ११ मा समेट्ने बताएको थियो ।
सन्दीपलाई दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको हो ।