यूएनका पूर्व उच्च अधिकारी यौन दुराचारको आरोपमा पक्राउ

यूएनका पूर्व उच्च अधिकारी यौन दुराचारको आरोपमा पक्राउ

काठमाडौं : संयुक्त राष्ट्रसंघ (यूएन)का एक पूर्व उच्च अधिकारी यौन दुराचारको आरोपमा पक्राउ परेका छन्। विश्वभर अधिकारबाट बन्चित बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्थाका पूर्व उच्च अधिकारी ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन डलग्लिस बाल यौन दुराचारको आरोपमा पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर पिटर पक्राउ परेको जानकारी गराएको हो। प्रहरीले उनलाई दुराचार गर्दै गरेकै अवस्थामा पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

शनिबरा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका १ स्थित चितकाजी महर्जनको घरबाट पिटरलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ। सँगै प्रहरीले उनीसँगै कोठामा रहेका १२–१४ वर्ष उमेरका दुई नेपाली बालकलाई समेत उद्धार गरेको छ। प्रहरीले पिटरमाथि अनुसन्धान भइरहेको बताएको छ।

प्रहरीका अनुसार पिटरले दुई वर्षदेखि सानेपामा हिमालयन कम्युनिटी फाउण्डेसन सञ्चालन गरी गरिब तथा विभिन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका उनले छनोट गरेका बालकलाई पढाइदिने, विदेश पुर्याइदिने, ठूलो भएपछि जागिर लगाइदिने जस्ता विभिन्न प्रलोभनमा पारी योन दुराचार गर्ने गरेको खुलासा गरेको छ।

उनले समाजसेवीको आवरणमा स–साना बालकलाई यौन शोषण गर्ने गरेको प्रहरीले जनाएको छ। पिटरले धेरै बालबालिकामाथि यौन दुरचार गरेको सूचनाको आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

पिटर गैर नाफामूलक संस्था स्ट्रिट किड्स इन्टरनेशनलका संस्थापक हुन् । उनले २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमको प्रमुख प्राविधिक सल्लाहकार भएर काम गरेका थिए ।

सँगै उनी २०१० देखि ०१४ सम्म यूएन हाबिटाटको अफगानिस्तान प्रतिनिधि भएर काम गरेका उनले हिमालयन कम्युनिीट फाउण्डेसन नामक संस्था चलाएका छन् ।

मुलुकी ऐनको महल १४ मा जबरजस्ती करणीको ९ (क) मा बाल यौन दूराचार अपराधमा अधिकतम १५ वर्ष कैद सजाय तथा पीडितलाई मानसिब क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.