धर्मगुरुमाथिको आक्रमणको विरोध
काठमाडौं: धर्मगुरु तथा गौ रक्षक अभियन्ता श्री निवासाचार्यमाथि भएको गोली प्रहारको घटनाको हिन्दु युवा जनशक्ति संघ नेपालले भर्त्सना गरेको छ।
संघका अध्यक्ष विकास ठाकुरले आइतवार एक विज्ञप्ती जारी गर्दै यो घटनाले सम्पुर्ण सनातन धर्मालम्वीलाई दु:खी बनाएको जनाएका छन् ।
‘अपराधिक प्रवृतिका तत्वबाट गराइएको यस घटनाको निन्दा गर्छौँ', संघको विज्ञप्तिमा भनिएको छ, 'यो घटनामा गम्भीर बन्दै हिन्दु समाजमा बढ्दो त्रासको अन्त्य गरी शान्ति सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गर्दछ।’
त्यसैगरी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले पनि भत्सर्ना गरेको छ। संगठनका अध्यक्ष प्रकाश रिमालले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
शुक्रवार राति २ बजे अज्ञात व्यक्तिले विराटनगरमा गोली प्रहारबाट सन्त श्री निवासाचार्य घाइते भएका थिए । उनको अहिले विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ।