फोनिजमा पुन : गुरुङको नेतृत्व
काठमाडौं : आदिवासी जनजाति पत्रकारको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार र शनिबार राजधानीमा भएको छैटौ संघीय महाधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, लक्की चौधरी खुला उपाध्यक्ष र महिला उपाध्यक्षमा देविका घर्तीमगर, महासचिवमा मनोज घर्तीमगर, सचिवमा मिलन लिम्बू , जगत दोङ, कमन देवान कोषाध्यक्षमा अमरध्वज लामा र सहकोषाध्यक्षमा अञ्जना शिल्पकार निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश इन्जार्चमा क्रमशः दिपीन राई १, नीरज पिठाकोठी २, समीर बलामी ३, हुमबहादुर गुरुङ ४, देवबहादुर पचभैया ५, अशोक राजी ६ र ७ नम्बर प्रदेशमा रामचन्द्र कुश्मी निर्वाचित भए । यसैगरी सदस्यहरुमा दीपेन्द्र राई, विष्णु तामाङ, फुर्किमा शेर्पा, चन्द्र पन्धाक, अनिता गुरुङ, सीताराम चौधरी, मनोज घर्ती र नृपेन्द्रलाल श्रेष्ठ, बुद्धवीर बाहिङ, केदार मगर, विश्वराज तामाङ, विजयबोध लावती, राजु चौधरी, सञ्चु ब्लोन तामाङ, उषा तामाङ, सरिता श्रेष्ठ र लक्ष्मी चौधरी, ख्याम भुजेल र मीनाकुमारी दरै चयन भएका छन् । लेखा समिति संयोजकमा शाहीमान राई चयन भएका हुन् ।
५६ जिल्लाबाट चार सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागी थिए । फोनिजमा सूचिकृत ५६ जातिका शेर्पा, तामाङ, गुरुङ, श्रेष्ठ, थारु, मगर, राई, लिम्बु, धामीलगायत सहभागी छन भने ९८ अल्पसंख्यक जाति भित्रका आदिवासी जनजातिका पत्रकार समेत समेटिएको छ । महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गरेका थिए ।