माटोको ढिस्कोले पुरिएर मृत्यु
विराटनगर : मोरङमा माटोको ढिस्कोले पुरिएर आइतबार एक महिलाको मृत्यु भएको छ ।
बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिँदा लेटाङ नगरपालिका–९ कि भगिमाया दुलालको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी जाँतेले जनाएको छ । रासस